सकियो ऋषिराजको चुरीफुरी

काठमाडौं । समसामयिक विषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ ४३ दिनमा प्याकअप भएको छ । पुस अन्तिमबाट फिल्म छायांकन थालिएको थियो ।

आरबी मुभिजको ब्यानरमा निर्मित फिल्ममा रवीन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीपजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खातीलगायतका कलाकारको अभिनय छ ।

निर्देशक आचार्यकै लेखन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य र रिना ढकाल छन् । सह–निर्मातामा भने विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् ।

फिल्ममा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनीशा पौडेलको स्वर, भीमफेदी ग्रुपको, विजय आचार्यको कला निर्देशन र राहुल राईको छायांकन छ । फिल्मको रिलिज मितिको टुंगो लागिसकेको छैन ।