उमेशको सानु मेरो याद आयो भने

धरान । अमेरिकामा रहेका गीतकार तथा संगीतकार उमेश रेग्मीको शब्द तथा संगीतमा गायक रामकृष्ण ढकालको स्वर रहेको ‘सानु मेरो याद आयो भने’को भिडियो सार्वजनिक भएको छ ।

गोत्र इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् । भिडियोमा साक्षी लम्साल, प्रेमकुमार श्रेष्ठ र गायक रामकृष्णकै अभिनय छ ।

भिडियोमा युवराज वाइबाको निर्देशन, निशाल पौडेलको छायांकन र विकास दाहालको सम्पादन छ ।