उषालाई पलको यस्तो माया

काठमाडौं । गायक प्रताप दास र गायिका बेनिशा पौडेलको स्वर रहेको ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा निशा शर्मा अर्यालको शब्द, दिपक शर्माको संगीत छ ।

गीतले प्रेमी–प्रेमिकाबीचको अथाहा प्रेम र समर्पणलाई प्रस्तुत गरेको छ । भिडियोमा अभिनेता पल शाह र मोडल उषा उप्रेती फिचर्ड छन् ।

विधान कार्की निर्देशित भिडियोमा उनले युवायुवतीबीचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथालाई उठान गरेका छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।