क्षितिज पारीमा सुधीर र अशु

काठमाडौ । कवि तथा गीतकार डीपी दाहाल ‘परिश्रमी’को पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिज पारी’ सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमबिच शताब्दी पुरुष सत्यमोहन जोशी, संगीतकार शम्भुजीत बासकोटा लगायतले २ कृतिलाई सार्वजनिक गरेका हुन् ।

गायक प्रताप दास र गायिका रचना रिमालको स्वर रहेको ‘क्षितिज पारी’ मा पुरुषोत्तम न्यौपानेको संगीत छ । उत्तम श्रेष्ठ ‘शिशिर’ निर्देशित भिडियोमा सुधीर श्रेष्ठ र अंशु न्यौपाने फिचर्ड छन् ।

भिडियोमा ज्ञानेन्द्र हुमागाईं शर्माको छायांकन, अमृत चापागाईंको सम्पादन छ । भिडियो डिलाइटेड युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।