किन उदास भए सोहित ?

काठमाडौं । अमेरिकामा बस्दै आएका गीतकार हरि उप्रेतीको शब्द एवं गायक शिशिर योगीको स्वर एवं संगीत रहेको ‘किन मन उदास उदास’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा मनोहर सुनामको संगीत संयोजन छ ।

भिडियोमा पछिल्लो समय नेपाली समाजमा देखिएको विदेश मोह र त्यसले निम्त्याएको समस्यालाई प्रस्तुत गरिएको छ । दयाराम घिमिरे निर्देशित भिडियोमा अभिनेता सोहित मानन्धर, रश्मी श्रेष्ठ, बेनिश भण्डारी तथा बाल कलाकार हार्दिकता घिमिरेको अभिनय छ ।

खेम थापा मगरको छायांकन रहेको यस भिडियोमा वीरेन्द्र भाट विपिनको सम्पादन छ । भिडियो एचपि इन्टरटेनमेन्टको अफिसियल युट्युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।