ए कान्छामा सुनितासँग कक्रोजको रोमान्स

काठमाडौं । गायिका सुनिता तिमल्सिनाको ‘ए कान्छा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नरेश भट्टराईको शब्द तथा बद्री सेवाको संगीत छ ।

भिडियोमा टेलिफिल्म ‘सक्किगोनी’का कलाकार हरिश निरौला ‘कक्रोज’ र सुनिता फिचर्ड छन् । निर्देशक सुमन सागरजंग केसी निर्देशित भिडियोमा रोशन विकको कोरियोग्राफी छ ।

भिडियो गायिका सुनिताकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।