नाजिर र सुरविनामा कस्तो माया बस्यो

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–३’ की विजेता सज्जा चौलागाई र ‘द भ्वाइस अफ नेपाल’बाट चर्चामा आएका गायक बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको यस गीतको भिडियोमा सुरविना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ ।

भिडियोमा एकै गाउँका किशोरकिशोरीको गाउँले परिवेशमा झाँगिएको प्रेमलाई देखाइएको छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास धमलाको सम्पादन छ । भिडियो टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।