पल पलमा शिशिरको अपुरो प्रेम

काठमाडौं । गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीत ‘पल पल’को भिडियो रिलिज गरेकी छन् । सोमबार रिलिज भएको गीतमा तारा आफैंले अभिनयसमेत गरेकी छन् ।

गीतमा गैरे सुरेशको संगीत तथा प्रताप दासको स्वर र ताराकै शब्द छ । गीतका एरेञ्जर राजन इसान हुन् ।

भिडियोमा तारासँगै नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्द र शिशिर भण्डारीको अभिनय रहेको छ । शिव ढकालको छायांकन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भिएफएक्स, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

अभिनेत्री भुवन थापा चन्द, चलचित्र निर्देशक रमेश थापा र गीतकार तारा अधिकारीको संयुक्त कम्पनी चन्द्र विनायक फिल्म प्रोडक्शनले भिडियो निर्माण गरेको हो ।