अबुनको प्रेम प्यालामा विकास र पुजा

काठमाडौं । गायिका अबुन पाण्डेको स्वरमा रहेको गीत ‘प्रेम प्याला’सार्वजनिक भएको छ । गीतमा अबुनकै शब्द तथा संगीत र राजीव शाहको एरेन्ज छ ।

भिडियोमा विकास लामिछाने र पुजा गिरी फिचर्ड छन् । सुकुटेमा छायांकन गरिएको भिडियोमा राजेश शाहको निर्देशन छ ।

भिडियोमा अरुणा घिमिरेको मेकअप, शिवराम श्रेष्ठको छायांकन, ममता शाहको ड्रेस डिजाइन, रोहिया महर्जनको कोरियोग्राफी, प्रविन श्रेष्ठको कलर र निर्देशक शाहकै सम्पादन छ ।