नयाँ भर्सनमा बुलबुल तालैमा

काठमाडौं । गायक श्याम गुरुङ र गायिका बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘बुलबुल तालैमा’ को भिडियो सार्वजनिक भएको छ । २०५२ सालतिर रेडियो नेपालमा प्रथम भएको यो गीत २०५४ सालमा रि–रेकर्डिङ हुँदा करिब ४ लाख भन्दा बढी अडियो बिक्री भएको थियो ।

गायक श्याम गुरुङ यति बेला अहिले अमेरिमा बसोबास गर्दै आएका छन् । कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको यस गीतमा श्याम गुरुङको नै संगीत रहेको छ ।गीतमा रिदम कँडेलको एरेन्ज रहेको छ ।

भिडियोमा सुधिर श्रेष्ठ, महादेव त्रिपाठी, यांगशु श्रेष्ठ र आकंक्षा तामाङ फिचर्ड छन् । भिडियोमा होचो व्यक्ति मनोज विकको समेत अभिनय छ ।

रामकुमार केसीको छायांकन, गौतमराज खड्काको सम्पादन रहेको भिडियोमा दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी तथा खिलबहादुर गुरुङको निर्देशन छ ।