मन खाने मायामा किरण र अस्मिता

काठमाडौं । गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन खाने माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा बेलायतबासी गीतकार दीप गिरीको शब्द, शंकर थापा ‘स्माइल’को संगीत तथा विश्व अधिकारीको संगीत संयोजन छ ।

युवायुवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठ फिचर्ड छन् ।

रोनीले कोरियोग्राफी गरेको भिडियोमा फराज अर्पणको सम्पादन र छायांकन, सबिता गिरीको निर्माण तथा गणेश शाहीको निर्देशन छ ।

डस म्युजिकको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।