काठमाडौं । काठमाडौंको जमलस्थित मायालु भवनमा रहेको सिल्क फेसनले गत शनिबार आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा राष्ट्रिय सभा सदस्य तथा गायिका एवं सञ्चारकर्मी कोमल वली उपस्थित थिइन् ।
वलीले स्थापना कालदेखी नै आफु फेसनकी सञ्चालक सिर्जना पोखरेलले सञ्चालन गर्दै आएको सिल्क फेसनसँग जोडिएको बताईन् । ’म शुरुदेखी नै यो फेसन हाउससँग जोडिएकी छु । यहाँका हरेक कस्ट्युम फिट पाएकी छु । म यहाँका कस्ट्युम लगाउन पाउँदा भाग्यमानी ठानेकी छु’, कोमलले भनिन् । वलीले आफ्नो सुन्दरताको तारिफ आँफैले गरिन् ।
‘मैले आफुले आफुलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु । वाह कोमल वली तिमी कति राम्री छौ भन्छु’, उनले थपिन्, ‘आफैले आफैलाई प्रेम गरेन भने अरुलाई पनि प्रेम दिन सकिदैन । आँखाहरुलाई इर्ष्यालु नबनाउन आफैलाई हेरेर दंग पर्नुपर्छ’ ।
नेपाली डिजाईनका कस्ट्युमहरु विकसित देशमा महिला तथा पुरुषहरुले लगाउन थालेको भन्दै वलीले महिला उद्यमीहरुको सहभागिता र प्रयासले उक्त कुरा सम्भव रहेको बताईन् ।
सिल्क फेसनकी सञ्चालक पोखरेलले विगत सात वर्षदेखी आफ्नो डिजाईनका कस्ट्युमहरु ग्राहकले मन पराएको बताईन् । नेपालका चर्चित सेलिब्रेटीहरुको लागि समेत डिजाईन गर्ने पोखरेलले सिल्क फेसनले अब भने पुरुषको कस्ट्युममा समेत काम गर्ने योजना भएको बताईन् ।
गायिका सुनिता दुलालले आफु सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गरिन् । सिल्क फेसनद्वारा सम्मानित समेत भएकी उनले भनिन्, ’यहाँमा हरेक डिजाईन र गुणस्तर तारिफयोग्य छन् । आज यहिँ सम्मानित हुन पाउँदा खुशी लागेको छ ।’