सलीनको म तिम्रैमा किरण र मिरुना

काठमाडौं । गायक सलीन मगरको स्वर, शब्द, संगीत र संगीत संयोजनमा गीत ‘म तिम्रै’ सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको थियो ।

गीत रिलिज कार्यक्रममा निर्देशक मिलन चाम्स, गायक सनुप पौडेल लगायत सम्पूर्ण टिमको उपस्थिति रहेको थियो ।

केन्द्र मोसनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो निर्देशक साम्तेन भुटियाले निर्देशन गरेका हुन् । विकेश मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा छ ।

किरण दाहाल र मिरुना मगरलाई भिडियोमा फिचर्ड गरिएको छ ।