त्यो तिम्रो चोखो प्रेमको नजरमा आकाश र उमा

काठमाडौं । द स्काई मुभिज र उमा फिल्मस्को संयुक्त निर्माण रहेको भिडियो ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै भिडियो सार्वजनिक गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल विशेष अतिथी थिए ।

उमा गिरी ‘बेबी’ निर्मात्री रहेको भिडियोमा आकाश अधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ । गीतमा उमा र आकाश दुवै फिचर्ड छन् । नेपाली सेनाको कथा समेटिएको गीतमा माया र विछोडको चरणलाई देखाइएको छ । भिडियोमा आकाश सेनाको लुक्समा देखिएका छन् ।

भिडियो रारा ताल आसपास खिचिएको छ । गायक आनन्द कार्की र गायिका अञ्जु पन्तको स्वर रहेको गीतमा जीतबहादुर घले (जेबी संयोगी)को शब्द छ ।

कमल राईले कोरियोग्राफी गरेको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन छ । भिडियोमा आकाश र उमाको अलावा शिव भट्ट, दिप्तप्रकाश अधिकारी, ईशान बिजु श्रेष्ठ, पृथ्वीलाल नेपाली, डिल्ली रावत र बालकलाकार सुरज भामको अभिनय रहेको छ । गीतलाई बाबुल गिरीले संगीतवद्ध गरेका छन् ।