दिलीपसँग उर्मिलाको माया बैगुनी

काठमाडौं । गायक यम बरालसँगको सहकार्यमा ‘जवानी ताजा ताजा छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा बटुलेकी गायिका उर्मिला लाम्गादेले आफ्नो नयाँ गीत ‘माया बैगुनी’ सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ ।

पहिलो पटक गायिका लाम्गादेले यसै भिडियो मार्फत म्युजिक भिडियो अभिनयमा डेब्यु गरेकी छिन् । म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलिप रायमाझी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।

प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । बुढासुब्बा डिजिटलको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।