सनीको पोस्टरले जोगियो किसानको उब्जनी !

मुम्बई(एजेन्सी) । अभिनेत्री सनी लियोनी बलिउडकी हट अभिनेत्री मानिन्छिन् । पूर्व पोर्न स्टार भारतमा आएर फिल्ममा अभिनय गर्न थालेपछि उनको चर्चा झनै चुलिएको छ । यिनै सनीसँग जोडिएको एक किस्सा बलिउडमा निकै चर्चित छ ।

आन्ध्र प्रदेशको एक गाउँमा चेचू रेड्डी नामका एक किसान छन् । उनीसँग १० एकड जमिन छ । उनका कुनै एक साथीले त्यो जमिनमा धान र गहुँ खेती गर्नुको सट्टा सब्जी लगाएर पैसा कमाउन सल्लाह दिएछन् ।

चेचूले सरकारी ऋण लिएर १० एकड जमिनमा तरकारी खेती गरे । तर त्यो तरकारीमा किरा लाग्यो । जसकारण चेचूको उब्जनी खेर गयो । उनले कसै गरी पनि त्यो ऋण तिर्न सकेनन् ।

यद्यपि उनले हिम्मत हारेनन् । किनकी उनले सब्जी उत्पादनमा निकै नाफा हुन्छ भन्ने बुझिसकेका थिए । अर्को वर्ष चेचूले फेरी सब्जी लगाए । तर यो पटक पनि किराले तरकारीलाई छोडेन । त्यसपछि उनी एक बाबाकोमा पुगे । ती बाबाले उनको उब्जनीमा आइरनको नजर लागेको जानकारी दिए ।

उब्जनीलाई नराम्रो नजरबाट बचाउन उनले अनेक उपाय अपनाए । तर कुनै काम लागेन । एकदिन उनले आफ्नो साथीलाई यो समस्याको बारेमा बताए । ती साथीले अभिनेत्री सनी लियोनीले मात्र समाधान गर्न सक्ने सल्लाह दिए ।

चेचूलाई सनी लियोनी को हुन् भन्ने थाहा थिएन । ती साथीले मोबाइलमा सनीको तस्वीर देखाइदिए । भोलिपल्ट चेचू साथीसँग हैदराबाद गए र सनीको रातो बिकिनीसहितको फ्लेक्स पोस्टर बनाए ।

उनले पोस्टरमा तेलुगू भाषामा ‘हे डण्ट क्राइ इफ यू जेलस अफ मी’ लेखाए । यो पोस्टरलाई खेतबाहिर लगाए । चेचूको साथीको आइडियाले काम गर्यो । किनकी जो व्यक्ति त्यो खेतको बाटो हिँड्थे, उनीहरुको ध्यान खेतको उब्जनीमा नगई सनीको पोस्टरमै जान्थ्यो । यहीकारण चेचूको उब्जनी जोगियो ।