उर्मिलाको चोलीमा मख्ख सौरभ

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको गीत ‘चोली तिम्रो’ सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा गायक किरण भुजेल र गायिका प्राश्ना शाक्यको स्वर सुन्न सकिन्छ । गीतमा फणिन्द्र राईको संगीत संयोजन छ ।

भिडियोमा सौरभ तामाङ र उर्मिला योञ्जन तामाङ फिचर्ड छन् । इलाम र पाँचथरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा तिलक रिजालको छायांकन, सम्पादन र निर्देशन छ ।

एसटिएम मुभीमा पोस्ट प्रोडक्शन गरिएको भिडियो गोलो प्रोडक्शनको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।