अभिनेत्री वर्षालाई कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो समयमा सेलिब्रेटीहरुलाई पनि कोरोना संक्रमण देखिने क्रम बढेको छ । यही क्रममा अभिनेत्री वर्षा राउतलाई पनि कोरोना पोजिटिभ देखिएको छ ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् । गन्ध हराएको र खोकी लागेको भन्दै उनले आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि सामाजिक सञ्जालमा लेखेकी छन् । वर्षाले चाडै नै ठिक भएर काममा फर्किने आशा व्यक्त गर्दै सबैलाई सुरक्षित रहन आग्रह गरेकी छिन् ।

नेपालमा पछिल्लो समयमा सेलिब्रेटीमा पनि कोरोना संक्रमणको क्रम बढ्दो छ । केही दिन अघि मात्र अभिनेत्री सरिता लामिछाने, उनका पति ऋषि लामिछाने र छोरीलाई कोरोना संक्रमण भएको थियो ।

कलाकारहरु मदनकृष्ण श्रेष्ठ, प्रकाश सपुत, दीपक आचार्य, सरिता शिल्पा मास्के, कमलमणि नेपाललगायतलाई पनि कोरोना संक्रमण देखिएको थियो । अभिनेत्री केकी अधिकारी भने संक्रमणबाट मुक्त भइसकेकी छन् ।