मै मत्ते जवानीमा सुनील र लोसिना

काठमाडौं । गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका जुनु रिजाल काफ्लेको स्वरमा ‘मै मत्ते जवानी’ गीत सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र गायक शिवाकोटीकै संगीत छ ।

गीतको भिडियोमा सुनील क्षेत्री र लोसिना लामिछाने फिचर्ड छन् । भिडियोमा सुनीलकै कोरियोग्राफी र निर्देशन छ ।

समिता स्नेह इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा दीपक गिरीको छायांकन, अमृत चापागाईंको सम्पादन र जोन्सन खत्रीको मेकअप छ ।