लोकराजको सांगीतिक त्यो पर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तेस्रोपटक प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ बोलेपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म ‘भाइरल’ नै बन्यो । अहिले पनि ‘त्यो पर्दैन’ सामाजिक सञ्जालमा प्रयोग भइरहेको छ ।

यही परिप्रेक्ष्यमा गीतकार लोकराज अधिकारीले ‘त्यो पर्दैन’ लाई सापटी लिएर ‘त्यो पर्दैन’ गीत तयार पारेका छन् । जसको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक योगेशकाजी, देवेन्द्र बब्लु र गायिका सारिका घिमिरेको स्वर छ । गीतमा योगेशकाजीकै संगीत, एरेञ्ज र मिक्सिङ छ ।

वीरेन्द्र भाट विपिनले निर्माण गरेको लिरिकल भिडियो वाइटीएच स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।