चेतनको अन्तिम गीत मर्न दिँदैन माया सार्वजनिक

काठमाडौं । दिवंगत गीतकार चेतन कार्कीको अन्तिम गीत ‘मर्न दिँदैन माया’ सार्वजनिक भएको छ । गीतमा नारायण ओलीको संगीत तथा स्वर छ ।

गीतको भिडियोमा मनोज ओली र रश्मी श्रेष्ठ फिचर्ड छन् । चेतनकै कन्सेप्ट रहेको भिडियोमा डम्बर राईको छायांकन, टेकेन्द्र शाहको सम्पादन र चाँदनी शाहीको निर्देशन छ ।

भिडियो म्यूजिक नेपालको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।