सुनको चन्द्रमामा प्रतिक्षासँग रोमान्टिक शोभित

काठमाडौं । गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको गीत ‘सुनको चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत, पुष्प आचार्यको शब्द र ओम सुनारको एरेन्ज रहेको छ ।

भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दमन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय छ ।

भरतपुरको पटिहानीमा छायांकन गरिएको भिडियोमा पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदी, थारु संस्कृति, बोटे संस्कृति र हात्ती सफारीलाई देखाइएको छ ।

शंकर बिसीको निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा दुर्गा पौडेलको छायांकन, नवीन घर्ती मगरको सम्पादन छ । भिडियो रवी एण्ड उषा मिडियाले निर्माण गरेको हो ।

महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीत गायक शिवको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।