गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं । गायक तथा संगीतकार दीप श्रेष्ठलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का जजसमेत रहेका दीप ह्याम्स अस्पतालमा उपचाररत छन् ।

शोका होस्ट सुशील नेपालका अनुसार दीप स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । भर्ना भएपछिको कोरोना टेस्टमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

यसअघि शोका जज प्रमोद खरेललाई पनि कोरोना संक्रमण देखिएको थियो । तर उनी कोरोनामुक्त भइसकेका छन् ।