ट्रेलरमा तुलाकाे फर्की आउँला

काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपालीहरुको दुःख सुखलाई समेटेर तयार पारिएको सट फिल्म ‘फर्की आउँला’काे ट्रेलर सार्वजनिक भएको छ ।

फिल्ममा टेलिशृंखला ‘हिजोआजका कुरा’मा लामो समय काम गरी पछिल्लो समय विभिन्न देशमा वैदेशिक रोजगारीमा बिताएका कलाकार रमेश अधिकारीको कथा लेखन छ ।

फिल्मका निर्देशक तुला पर्वत हुन् । उनले सामाजिक सञ्जालमा देखिने हाइफाइ, विदेशी दृश्यभित्र लुकेका पीडा र परिस्थितिलाई कथामा समेटिएको बताए ।

मकाउमा छायांकन गरिएको फिल्ममा रमेश अधिकारीसँगै श्रीराम पोखरेल, सागर अधिकारी, मोहन कुमार, सुरज अधिकारी, संगीता खनाल, सुनिता अधिकारी र प्रेम तामाङको अभिनय रहेको छ ।  फिल्ममा तुलाकै छायांकन र सम्पादन छ ।