काठमाडौं । गायिका अञ्जु पन्तले स्थापना गरेकाे अञ्जु पन्त फाउण्डेसन अमेरिका च्याप्टरले ‘बुबाको घर आश्रम’लाई एक लाख रुपैंयाँ सहयोग गरेको छ । गायिका अञ्जु, फाउण्डेसन अमेरिकी च्याप्टरका अध्यक्ष सुरेश वाग्लेको टिमले आश्रमका सञ्चालक तुलसी श्रेष्ठलाई उक्त सहयोग गरेको हो ।
तुलसीले विगत ४ सय १० दिनदेखि निरन्तर रुपमा निःशुल्क भोजन सेवा गरिरहेका छन् । टिमले सडकमा खाना खुवाउने क्रममा अलपत्र परेका असहायहरुलाई आश्रय दिँदै आएको आश्रमको पनि निरिक्षण गरेका थिए ।
टिमले तुलसीकै समूहले जोरपाटीमा सञ्चालन गरेको आइसोलेसन सेन्टरको पनि निरिक्षण गरेको थियो ।