निपुत्रमा निःसन्तान महिलाको पीडा

काठमाडौं । थारु भाषाको सट फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेव चौधरीको निर्देशन रहेको फिल्ममा थारु समाजमा एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ ।

सप्तरीमा खिचिएको फिल्ममा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडि आलम, आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरी लगायतका कलाकारको अभिनय छ ।

लोकेन्द्रराज चौधरीले निर्माण गरेको फिल्ममा राजु राजदेव चौधरीको कथा ,कोपी कान्छुको मेकअप, अनिल शाहको छायांकन, निरजकुमार चौधरीको सम्पादन छ ।

सेबिल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मले निःसन्तान महिलालाई हेर्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ । फिल्मका अन्य २ सिरिजहरु क्रमशः रिलिज हुने निर्माण पक्षले जनाएको छ ।