प्रार्थनामा प्रकाश र मेलिना

काठमाडौं । गायक प्रकाश सपुत र गायिका मेलिना राईको स्वरमा ‘प्रार्थना’ बोलको गीत सार्वजनिक भएको छ । अशोक शेरचनको शब्द तथा प्रकाश सपुतको संगीत रहेको गीतमा योगेश काजीको मिक्सिङ र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ ।

प्रवेश पौडेल निर्देशित भिडियोमा गायक प्रकाश र गायिका मेलिनासँगै प्रसन्न ढुंगाना, राकेश भडेल, दिपाञ्जली पर्या मगर, सुष्मा चौधरी, स्मन लामा, करण यादव र बाल कलाकार आरिहान पौडेल तथा प्रविष्ट सपुत फिचर्ड छन् ।

भिडियोमा मनोज जोशीको क्रिएटिम एसोसिएट, जीवन थापाको सम्पादन, कलर र जीएफएक्स छ ।