फ्रन्टलाइनरको सम्मानमा वाल पेन्टिङ

काठमाडौं । कोभिड–१९को दोस्रो लहरको संक्रमण नियन्त्रण र रोकथामका लागि गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ । भाइरसविरुद्धमा सिपाहीका रुपमा चिकित्सक तथा स्वास्थ्यर्मी खटिइरहेका छन् । सुरक्षाकर्मी र सञ्चारकर्मीलगायत पनि फ्रन्टलाइनमै छन् ।

उनीहरुको सम्मानमा केही कलाकारहरूले वाल पेन्टिङ सुरु गरेका छन् । टाटु आर्टिष्ट सुमिना श्रेष्ठसँगै दुजाङ शेर्पा, साङे लामा, कृपा शेर्पा र कुन्जाङ शेर्पाको टिमले वाल पेन्टिङ सुरु गरेको हो ।

रत्नपार्कको आकाशे पुलको भित्तामा सोमबार आर्ट गर्दै यो अभियान शुरु गरिएको हो । यो अभियान व्यक्तिगत खर्चमा उनीहरूले शुरु गरेका हुन् । काठमाडौंका अन्य ठाउँमा पनि यस्तो आर्ट गरिने सुमिनाले बताइन् ।