मुम्बई(एजेन्सी) । भोजपुरी फिल्मदेखि बलिउडसम्मको यात्रा गरेका अभिनेता रवि किशन लामो समयदेखि दर्शकको मनमा बस्न सफल छन् । हिरोदेखि भिलेनसम्म उनको भूमिकालाई दर्शकले मनपराएका छन् ।
रवि आफ्नो सफलताको पछाडि श्रीमति प्रीति किशनको हात रहेको सहर्ष स्वीकार्छन् । रवि र प्रीति बाल्यकालदेखि नै एकापसलाई जान्दथे । प्रीति सादा जीवन बाच्न चाहन्छिन् । त्यहीकारण उनी पतिको क्षेत्रभन्दा टाढा छिन् ।
रवि र प्रीतिको पहिलो भेट ११ कक्षा पढ्दा भएको थियो । एक अन्तरवार्तामा रविले आफूले प्रीतिलाई देवीको रुपमा खुट्टा ढोग्ने गरेको खुलाएका थिए । उनले आफू सुत्नुअघि श्रीमतिको खुट्टा ढोग्ने गरेको बताएका हुन् ।
उनीहरुले सन् १९९६ मा विवाह गरेका थिए । उनीहरुका चार सन्तान छन् । जसमा तीन छोरी र एक छोरा छन् ।