मनको मायामा तुलसी र जयराम

काठमाडौं । गायिका तुलसी क्षेत्री र गायक कमल कालिकोटेको स्वरमा रहेको गीत ‘मनको माया’ सार्वजनिक भएको छ । गीतमा रामजी पौडेलको शब्द र लय छ ।

जिसी इन्टरटेन्मेन्ट नेपालको युट्यूब च्यानलबाट गीत सार्वजनिक गरिएको गीतको भिडियोमा गायिका तुलसी र जयराम प्रताप केसीको अभिनय छ ।

पोखराको विभिन्न ठाउँमा छायांकन गरिएको भिडियोमा होम गुरुङको निर्देशन, गणेश सापकोटाको छायांकन र सुबास अँगाईको सम्पादन छ ।

पोखरामा रहेर संगीत क्षेत्रलाई अगाडि बढाइरहेकी गायिका तुलसीको चाँडै नै इन्द्र जिसी र पार्वती जिसीसँगको सहकार्यको नयाँ गीत बजारमा आउँदै छ ।