डीआरको वियोगान्त दुई मुटु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र संगीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ छ ।

माइकल चन्द निर्देशित भिडियोमा अभिनेत्री अनु शाह र डा. उपाध्याय फिचर्ड छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा माया गर्ने श्रीमति गुमाउँदाको पीडालाई प्रस्तुत गरिएको छ ।

नेपाली गीतसंगीतका लागि डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ठाउँमा ५१ विधामा विश्व रेकर्ड राखेका छन् । उनका ११ उपन्यास र तीन गीति पुस्तक पनि प्रकाशित छन् ।