धरान । गायक डिल्ली फोम्बोको लिम्बु भाषाको गीत ‘फुङ्गवा साम्लो’ सार्वजनिक भएको छ । दिलसिंह मेन्याङ्बो (मेनिनम्यांग) को शब्द रहेको गीतमा गायक फोम्बोकै संगीत छ । गीतमा लिम्बु समुदायको मुन्धुममा वर्णन गरिए अनुरुप विभिन्न फूलहरुलाई मानव जीवनका विभिन्न पक्षहरुसँग प्रतिकको रुपमा वर्णन गरिएको छ ।
मुन्धुममा वर्णन गरिएअनुसार सिल्लरी (धनियाँ) फूल मानव चोलाको प्रतीकात्मक फूल हो भने बाबरी फूललाई अनिष्ठ प्रेतात्माको रुपमा लिइन्छ । त्यसैगरी पट्पटे फूललाई तन्नेरीहरुको प्रतिकको रुपमा लिइन्छ । गायक फोम्बोले सबै फूललाई छोटो गीतमा समेट्न असम्भव भएका कारण केही मुख्य फूलहरुकोमात्र गीतमा वर्णन गरिएको बताए ।
अपार रेकर्ड्समा रेकर्ड गरिएको गीतमा सम–समीरको संगीत संयोजन छ । भिडियोमा एडम लिम्बुको सम्पादन छ ।