मुम्बई(एजेन्सी) । बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । शरीरमा निमोनिया भएपछि ७० वर्षे अभिनेतालाई मंगलबार उपनगर खारस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।
उनकी श्रीमति रत्ना पाठक शाहले उपचारपछि नसीरुद्दीनको स्वास्थ्य अवस्था स्थिर रहेकाले केही दिनमै डिस्चार्ज हुने बताइन् ।
नसीरुद्दीनले आफ्नो फिल्म करियरको सुरुवात सन् १९७५ मा फिल्म ‘निशान्त’बाट गरेका थिए । यो फिल्ममा उनको भूमिका सानो भए पनि उनी सबैमाझ चिनिएका थिए ।
उनले ‘आक्रोश,’ ‘स्पर्श’, ‘मिर्च मसाला’, ‘भवानी भवई’, ‘अर्ध सत्य’, ‘मंडी’ र ‘चक्र’ लगायतका फिल्मा काम गरेका छन् । उनले सय बढी फिल्ममा आफ्नो अभिनय कला देखाइसकेका छन् ।