जन्मौं जन्म नछुटिने नातामा डीआर र अनु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता’ सार्वजनिक भएको छ । गीतमा सागर अधिकारीको संगीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ छ ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर र अभिनेत्री अनु शाह फिचर्ड छन् । भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाडा भएको विषयलाई निक्कै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतकार डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित गीत संगीतका विविध ५१ विधामा विश्व रेकर्ड राखेका छन् ।