टिआरको गीतमा प्रथम, पुष्प, गरिमा

काठमाडौँ । गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । रोमान्टिक डान्स नम्बरको गीतमा बाबुल गिरीको स्वर, संगीत तथा एरेन्ज छ ।

भिडियोमा पुष्प खड्का, प्रथम खड्का र गरिमा शर्मा फिचर्ड छन् । भिडियोको निर्देशक माइकल चन्द हुन् । माइकल स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायांकन, साइलेन लम्सालको सम्पादन छ ।

माया र पैसालाई आधार बनाएर लेखिएको गीतमा जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्व हुने देखाउन खोजिएको छ । गीतले प्रेम र विछोडसमेत व्यक्त गरेको छ ।