जनगायक जीवन शर्माकी छोरीले ल्याइन् गीत

काठमाडौं । जनगायक जीवन शर्माकी छोरी अनु शर्माको गीत ‘लालीगुराँस फूल्यो वनैमा’ सार्वजनिक भएको छ । अनुले आफ्नो जन्मदिनको अवसर पारेर पहिलो गीत आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

पहिलो चरणमा लिरिकल सार्वजनिक गरिएको गीतको भिडियो समेत चाँडै निर्माण गर्ने गायिका अनुले बताएकी छिन् ।

राष्ट्रियताको भाव बोकेको गीतको शब्द तथा संगीत निलिमा पुनले तयार गरेकी हुन् । आशिष अविरलले एरेञ्ज गरेको गीतको लिरिकल भिडियो तुलसी बाँस्कोटाले सम्पादन गरेका हुन् ।