तीज गीतमा बारुली कम्मर

काठमाडौं । नेपाली नानीहरुको महान चाड हरितालिका तीजको अवसरमा गायिका शर्मिला तिवारी र गायक वीरेन रिसालको मौलिक तीज गीत ‘बारुली कम्मर’ सार्वजनिक भएको छ ।

बुढासुब्बा डिजिटलको युट्युबमार्फत डिजिटल बजारमा सार्वजनिक भएको गीतमा नेपाली नारीहरुको पीर र वेदनालाई ठट्यौली पारामा मनका भावना पोखिएको छ । गीतमा वीरेनको शब्द तथा युनिक भोजराज विश्वकर्माको लय सिर्जना छ ।

भिडियोमा रेनु थापा र रुसिल रुसिले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा दिवश गुरुङको छायांकन, सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथा निर्देशन छ ।