उडी जाने पुतलीमा फरिता र सञ्जीव

काठमाडौं । निकेश तामाङको संगीत, रमण पहाडीको शब्द, भुवन मगर र मेनुका मगरको स्वरमा समेटिएको लोक गीत ‘उडी जाने पुतली’को भिडियो सार्वजनिक भएको छ ।

देवेन्द्र कुँवरको निर्देशन रहेको गीतको म्युजिक भिडियो राज पोखरेलले छायांकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोमा फरिता खड्का र सञ्जीव कार्की फिचर्ड छन् ।