दीपिका र निरजको लरिबरी लै

काठमाडौं । गायिका दीपिका भुषाल र गायक निरज थापाको स्वरमा रहेको तीज गीत ‘लरिबरी लै’ डिजिटल बजारमा सार्वजनिक भएको छ । नेपाली नारीहरुको पिर र वेदनालाई ठट्यौली पारामा मनका भावना गीतमा पोखिएको छ ।

निरज थापाको शब्द तथा लय सिर्जना र भुमी राज थापाको एरेन्ज गीतमा रहेको छ । भिडियोमा कला राई, रितेष श्रेष्ठ, गोविन्द लामा, सबिना केसी, रुसाल रुसाल, मोतीराम थापा, स्वस्तिका राई र लालबहादुर थामी फिचर्ड छन् ।

भिडियोमा दिवश गुरुङको छायांकन, सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथा निर्देशन छ ।