श्री बनिन् पलको फूलकुमारी

काठमाडौं । अभिनेता पल शाह र कान्तिपुर टिभीकी समाचारवाचिका श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो ‘फूलकुमारी’ सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर तथा संगीत गीतमा छ ।

भिडियोमा काठमाडौ उपत्यका आसपासका रमणीय ठाउँहरुलाई समेटिएको छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा सरिन पोखरेलको निर्देशन छ ।

विगत १७ वर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापन गरेको हो । गीतलाई युट्युबलगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्म एकैपटक सार्वजनिक गरिएको एसियन म्युजिक कम्पनीका प्रमुख निर्देशक इश्वर गुरुङले बताए ।