नयाँ जीवनमा प्रकाश र मोनिकाको सुखदु:ख

काठमाडौं । गायक रामकृष्ण ढकाल र बेनिशा पौडेलको स्वरमा मार्मिक गीत ‘नयाँ जीवन’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत, निशा अर्यालको शब्द र पुरुषोत्तम सुबेदीको एरेञ्ज छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच निर्माण ब्यानर स्वाँर फिल्मले उक्त भिडियो रिलिज गरेको हो ।

निर्देशक विक्रम स्वाँर निर्देशित भिडियोमा दुर्घटनाबस एउटा खुट्टा गुमाउन बाध्य कलाकार प्रकाश सपुत र मोडल मोनिका बुढाथोकीबीचको दुःखद कथालाई देखाइएको छ । भिडियोमा कालु राणालाई नेगेटिभ क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।

चक्र पुलामी र नेशनल तिखत्रीको कोरियोग्राफी रहेको भिडियोमा तारा थापा ‘किम्भे’को सम्पादन छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, रेनिस फागोको रंग छ ।