तीज गीतमा प्रकाश र समीक्षा

काठमाडौं । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै गायक अजय कार्की र गायिका सुरक्षा सिन्चुरीको स्वरमा ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक भएको छ । गायिका सिन्चुरी रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन ३’ को नकआउट चरणबाट बाहिरिएकी थिइन् । गीतमा गायक कार्कीकै शब्द र संगीत छ ।

गीतकार तथा मोडल दर्पन राईले निर्देशन गरेको भिडियोमा प्रकाश सपुत र समीक्षा बस्नेत फिचर्ड छन् । लोक ब्याटलमा आधरित गीतको म्युजिक भिडियोमा आरके मानन्धरको छायांकन र निर्देशक राईकै कन्सेप्ट छ ।

एमएएस इन्टरटेनमेन्टको ब्यानरको युट्युबमार्फत सार्वजनिक गीतको निर्माण पनि यसै कम्पनीले गरेको हो ।