अभिनेता दिनेशले गाए हाम्रो दोलखा राम्रो दोलखा

काठमाडौं । अभिनेता दिनेश केसी अब गायकका रुपमा दर्शकमाझ आउने भएका छन् । २०६६ देखि जन्मथलो दोलखा छोडेर काठमाडौंलाई कर्मथलो बनाउदै आएका यी अभिनेताले दोलखाको पर्यटकीय स्थानहरुको वर्णन गरी तयार पारिएको गीत ‘हाम्रो दोलखा राम्रो दोलखा’ मा उनले स्वर दिएका छन् ।

२०६७ मा प्रदर्शनमा आएको फिल्म ‘दानव’बाट अभिनयमा डेब्यु गरेका केसीले ‘खलनायक’, ‘बादशाह’, ‘झमेला’, ‘निसाना’, ‘राजा’, ‘शिशा’ र ‘लाले’लगायत फिल्ममा अभिनय गरेका छन् ।

दिनेशका अनुसार ‘हाम्रो दोलखा राम्रो दोलखा’ लाई गीति डकुमेन्ट्री निर्माण गर्ने तयारी भइरहेको छ ।