छायांकनमा जाँदै रीत र अञ्जली

काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मसद्वारा निर्माण हुन गइरहेको दुई फिल्म ‘रीत’ र ‘अञ्जली’को आगामी साताबाट छायांकन सुरु हुने भएको छ । ‘रीत’ लिम्बु भाषा संस्कृतिमा आधारित लिम्बु फिल्म हो भने ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित छ ।

दुवै फिल्मका निर्देशक दिनेश लिङ्देनले फिल्म ‘रीत’ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा छायांकन गरिने र ‘अञ्जली’ उपत्यका आसपासमा छायांकन गरिने बताए । दुवै फिल्म हाल वर्कसप चरणमा छन् ।

दुवै फिल्ममा एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खडका, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापोलगायतका कलाकारको अभिनय रहनेछ ।

मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’को निर्माताहरुमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली छन् । दुवै फिल्ममा सागर केरुङको कथा रहनेछ ।