माया मोहनीमा पुष्प र गीता

काठमाडौं । मुनाल महतो र अनु चौधरीको स्वरमा नयाँ चौधरी भाषाको गीत ‘माया मोहनी’ सार्वजनिक भएको छ ।

गीतमा सुबेश कठरियाको शब्द र मनोज महतोको संगीत छ भने गणेश चौधरीको एरेन्ज छ ।

गीतको भिडियोमा पुष्प खड्का र गीता ढुंगाना फिचर्ड छन् । सुरजदेव कुसुम्यको निर्देशन रहेको भिडियोमा कुम नारायणको निर्माण, ज्ञानेन्द्र शर्माको छायांकन, रामु चौधरीको सम्पादन, क्रेजÞल चौधरीको भीएफएक्स, महि सिंहको मेकअप र रोहित चौधरीको पहिरन छ ।