सुदुरपश्चिम समाजमा उद्धवराज

काठमाडौं । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवद्र्धनका लागि अमेरिकाको केन्टकी राज्यस्थित ल्याक्सिङटन शहरमा रहेका सुदुरपश्चिमका नेपालीहरु एकताबद्ध भएका छन् ।

उनीहरुले उद्धवराज उप्रेतीको अध्यक्षमा सुदुर पश्चिम समाज ल्याक्सिङटन गठन गरेका हुन् । गौरा पर्वको अवसर पारेर ल्याक्सिङटमा भएका सुदुरपश्चिमका नेपालीहरुले यो समाज गठन गरेका हुन् ।

समाजको उपाध्यक्षमा चुडामणि अवस्थी, महिला उपाध्यक्षमा रेखा जोशी, सचिवमा मानबहादुर शाह (मानव), सह–सचिवमा गोविन्द अवस्थी, कोषाध्यक्षमा विनोद पन्त रहेका छन् ।

समाजको सदस्यहरुमा प्रकाश पाण्डेय, निराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेकप्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् । समाजले एउटा देउडा गीत रेकर्ड गराएर म्युजिक भिडियो समेत छायांकन गरेको छ ।