काठमाडौं । शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशनमा निमार्ण भैरहेको फिल्म ‘यो मेरो दिल’ को नुवाकोट आसपास धमाधम छायांकन भइरहेको छ ।
सामाजिक परिवेशमा निर्माण भइरहेको फिल्ममा समाज भित्रका विभिन्न विकृति र कुरुतिलाई समावेश गरिएको छ । निर्देशक घायलले प्रेमका आरोह र अवरोहलाई फिल्ममा समेटिएको बताए ।
फिल्ममा राहुल जेटली, प्रीतिका शर्मा, बिबन तामाङ, प्रवेश लिम्बू, प्रतिमा राई, रोशिल रोशिल, रेनु थापा, सुर्य तामाङ, दसबहादुर तामाङ, पदम सुनार, गंगा कुँवरको अभिनय रहेको छ ।
फिल्ममा सुर्यबहादुर तामाङको निर्माण, बिबन तामाङको सह–निर्माण दशबहादुर तामाङको कथा दिवस गुरुङको छायांकन, राजन महर्जनको नृत्य र मदन न्यौपानेको श्रृंगार रहेको छ । फिल्म आगामी तिहारमा रिलिज हुनेछ ।