प्रमोदको परिष्कृतमा प्रेम र विछोड

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक भएको छ । गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ ।

प्रेम र विछोडको पीडा व्यक्त गरिएको गीतको भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय छ । प्रतिशा र सनीशलाई रचु सुवेदी, विवेक सापकोटा, प्रभात किरण सिग्देल र सुमनता घिसिङले अभिनयमा साथ दिएका छन् ।

सजल र सलिल न्यौपानेको कन्सेप्ट र मनिष पशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशक हो । जसमा छायांकन तथा सम्पादन सलिल न्यौपानेले गरेका हुन् । गीत गीतकार प्रसाइकै च्यानल प्रसाइसन इन्टरटेनमेन्ट युट्युबबाट सार्वजनिक भएको हो ।