अनिताको झिल्के साडीमा मख्ख नाजिर

काठमाडौं । शम्भु राई र मेलिना राईको स्वरमा नयाँ गीत ‘झिल्के साडी’ सार्वजनिक भएको छ । गीतमा शम्भुकै शब्द तथा संगीत र रिकेश गुरुङको संगीत संयोजन छ ।

श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा नाजिर हुसेन र अनिता गोले फिचर्ड छन् ।

भिडियोमा सुर्य लामाको डिओपीसँगै ड्रोन र सम्पादन, त्रिलोक लामा र राकेशको छायांकन तथा अभि लामाको निर्देशन तथा कोरियोग्राफी छ ।

भिडियो शम्भु राई श्रद्धा रेकर्डिङ अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो । शम्भु राईका ‘चिठी तिमीलाई’, ‘एनी हौ’, ‘आँखैमा झलझली’लगायत थुप्रै गीत चर्चित छन् ।