नयाँ गलबन्दीमा पल र वर्षा

काठमाडौं । केही वर्षदेखि क्यानडामा बस्दै आएकी गायिका देविका केसीले आफ्नो स्वरमा नयाँ गीत ‘नयाँ गलबन्दी’ दर्शकमाझ ल्याएकी छिन् । गीतमा शिव हमालको शब्द र संगीत छ । भिडियो शिब हमालकै अफिसियली युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

गीतमा गायिका केसीलाई ‘नेपाल लोक स्टार’का विजेता शनी विश्वकर्माले स्वरमा साथ दिएका छन् । शनी र देविकाको स्वरलाई दर्शकले रुचाएका छन् । भिडियो युट्युवको नेपाल ट्रेन्डिङमा समेत परेको छ ।

भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ । यी दुवैलाई कलाकार सुनिल क्षत्रीले नचाएका छन् । यो गीतको भिडियो निर्देशन सुनिल क्षत्रीले गरेका हुन् । यो गीतको भिडियोमा दुर्गा पौडेलको छायांकन र अमृत चापागाईंले सम्पादन रहेको छ ।